27 June ,2026,Saturday

कलवार कल्याण समिति वीरगंजकाे २६ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान

अभिलाष गुप्ता

वीरगंज, ०८ चैत्र । कलवार कल्याण समिति, आदर्शनगर, वीरगंजको आयोजनामा २६ औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष शम्भु प्रसाद कलवारको अध्यक्षता तथा प्रमुख अतिथि शिवजी प्रसाद कलवारको आतिथ्यमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा स्वागत नृत्य नवदिप एकेडेमीका विद्यार्थीहरु द्वारा गरिएको थियोे।उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा कृष्ण कुमार गुप्ता, वृजकिशोर प्रसाद, विश्वामित्र प्रसाद कलवार, भोला प्रसाद कलवार, बिरेन्द्र कुमार तथा अमिरिलाल प्रसाद कलवार लगायत कार्यसमिति सदस्य एवं पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात प्रमुख अतिथि तथा पदाधिकारीहरूले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

कार्यक्रममा समितिले पर्सा जिल्लाभित्र बसोबास गर्ने कलवार समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक वर्ष २०८२ (बैशाखदेखि चैतसम्म) मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र-छात्राहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरेको जनाएको छ।

समितिका अनुसार S.E.E., कक्षा १२, स्नातक, स्नातकोत्तर (मास्टर्स) तथा पि.एच.डी. तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, सम्मानपत्र तथा सम्मान प्रदान गरिएको थियो। यसैगरी S.E.E. मा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने व्यवस्था समेत गरिएको जानकारी दिइएको छ।कार्यक्रम संचालन कलवार कल्याण समिति वीरगंजका सचीव श्याम गुप्ताले गरेका थिए।

समितिले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...