spot_img

24 March ,2026,Tuesday

नारायणी अस्पतालमा दलाल सक्रियता बढेको भन्दै सांसद कानुको चिन्ता, कडा कारबाहीको माग

वीरगंज, १० चैत्र । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले नारायणी अस्पतालमा बढ्दो बिचौलिया तथा दलालहरूको सक्रियताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले उक्त गतिविधि नियन्त्रण गर्न तत्काल कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका हुन्।

मङ्गलवार प्रमुख जिल्ला अधिकारी दाहालको कार्यकक्षमा भएको भेटमा सांसद कानुले अस्पताल परिसरमा दलालहरूको बिगबिगी बढ्दै गएको, केही चिकित्सकहरूले कमिसनको लोभमा बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाउँदै गएको र एम्बुलेन्स चालकमार्फत बिरामी प्रभावित पार्ने काम भइरहेको बताएका छन्।

उनले भने, “बिरामीहरू प्रत्यक्ष रूपमा मारमा परिरहेका छन्। यस्ता गैरकानुनी गतिविधि तत्काल रोक्न कडा कदम चाल्नुपर्छ।”सांसद कानुले सरकारी अस्पतालमा चिकित्सकहरूको लापरबाहीसमेत औँल्याएका छन्। चिकित्सकहरू समयमा नआउने, पूरा ड्युटी अवधिभर नबस्ने जस्ता समस्याले सेवाग्राहीहरू समस्यामा परेको भन्दै उनले नियमित अनुगमन र कडाइ आवश्यक रहेको बताए।

यसका साथै उनले छठ पर्वका बेला छठ घाट वरपर माछा–मासु बिक्री भइरहेकोप्रति आपत्ति जनाउँदै धार्मिक आस्था र सामाजिक सद्भावलाई सम्मान गर्न यस्ता गतिविधि तुरुन्त बन्द गराउन माग गरेका छन्।गर्मी मौसममा सम्भावित आगलागी तथा अन्य विपद् व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उनले दमकल, पानीको स्रोत, उद्धार टोली तथा आवश्यक उपकरणहरूको पर्याप्त तयारी गर्न जोड दिएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सांसद कानुले उठाएका सबै विषयप्रति सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक अनुगमन, समन्वय तथा कारबाही अघि बढाइने प्रतिबद्धता जनाएका छन्। उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल