27 June ,2026,Saturday

माउन्ट मकालु बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीलाई भव्य विदाई

वीरगंज, १४ चैत्र । माउन्ट मकालु बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको विदाई समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका सञ्चालक कामेश्वर श्रीवास्तवको अध्यक्षता तथा सनलाइट कलेजका प्रिन्सिपल एवं प्याप्सन वरिष्ठ सल्लाहकार आलोक चौरसियाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलोक चौरसियाले कक्षा १० पछि विद्यार्थीहरूको जीवनमा उच्च शिक्षाको नयाँ यात्रा सुरु हुने उल्लेख गर्दै लक्ष्य निर्धारण गरी निरन्तर प्रयास गर्न सुझाव दिए। उनले विद्यालयबाट सिकेका सकारात्मक गतिविधिलाई आत्मसात् गर्न र नकारात्मक पक्षलाई त्याग्न आग्रह गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे। साथै, विद्यालयले दिएको शिक्षा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।

सोही अवसरमा प्याप्सन महानगर सचिव तथा सन साइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले माउन्ट मकालु बोर्डिङ स्कुलले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गरेको बताए। उनले विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवको नेतृत्वमा विद्यार्थीहरूको प्रतिभा विकासमा उल्लेखनीय काम भइरहेको उल्लेख गर्दै विद्यालय परिवारलाई धन्यवाद तथा शुभकामना दिए।

कार्यक्रममा प्याब्सन महानगर सदस्य विजय बल, सल्लाहकार सन्नी पाख्रिङ, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवराज केशरी, निम्स इन्स्टिच्युटका अजय यादव, मानव सेवा आश्रमका देवेश मानव, माट्रिन मुक्तान तथा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विदाई समारोहका क्रममा विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई अझ रमाइलो बनाएका थिए। कार्यक्रमको सहजीकरण इसा पटेल र विद्या शर्माले गरेका थिए।विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सहभागिता बढाउने दिशामा विद्यालय सधैं अग्रसर रहेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जसले विद्यार्थीहरूको भावी यात्राका लागि प्रेरणा र हौसला प्रदान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...