27 June ,2026,Saturday

लायन्स क्लबका पूर्व निर्देशक बुर्लाकोटीलाई रक्सौलमा भव्य स्वागत

अभिलाष गुप्ता

वीरगंज, १५ चैत्र । Lions Clubs International का पूर्व निर्देशक लायन बालकृष्ण बुर्लाकोटीलाई भारतको रक्सौलमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

जिल्ला ३२२E को ४५ औँ वार्षिक अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन पुगेका बुर्लाकोटीलाई नेपाल–भारत मित्रता सुदृढ बनाउन योगदान दिएको भन्दै विशेष सम्मान प्रदान गरिएको हो।

क्षेत्रीय अध्यक्ष तथा सम्मेलन आयोजक समितिका सदस्य लायन शम्भु प्रसाद चौरसिया र क्लब उपाध्यक्ष लायन प्रियंका सोनीको नेतृत्वमा आयोजित कार्यक्रममा लायन पवन किशोर कुशवाहा, लायन संजय गुप्ता, लायन गणेश धनोठिया, लायन सुशीला धनोठिया, लायन नुतन चौरसिया, लायन ममता गुप्ता, लायन पंकज वर्णवाल, लायन रमेश गुप्ता, लायन साइमन रेक्स, लायन हेमन्त अग्रवाल र लायन राजन कुमारलगायत सदस्यहरूको उपस्थिति रहेको थियो।

रक्सौलस्थित एसआरपी मेमोरियल अस्पतालको प्रांगणमा आयोजित कार्यक्रममा निर्देशक संजय गुप्ता तथा डा. सुजीत कुमारको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बुर्लाकोटीलाई पोशाक, फूलको गुच्छा र स्मृति चिन्ह प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रमको संयोजन क्लबका पूर्व अध्यक्ष प्राध्यापक डा. रजनीश कुमार गुप्ताले गरेका थिए।

यसअघि बुर्लाकोटीलाई सिमरा विमानस्थलमा गुलाबका फूलद्वारा स्वागत गरिएको थियो। त्यसपछि प्रोटोकल पदाधिकारी तथा जोन अध्यक्ष लायन शम्भु प्रसाद चौरसिया र लायन राजन कुमारले उनलाई रक्सौलसम्म स्वागतसहित ल्याएका थिए।

समारोहलाई सम्बोधन गर्दै बुर्लाकोटीले रक्सौलवासीप्रति आभार व्यक्त गर्दै लायन्स क्लब अफ रक्सौलद्वारा सञ्चालित रक्तदान तथा भोक निवारण कार्यक्रमहरूको प्रशंसा गरे। उनले आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा डा. सुजीत कुमार र लायन संजय गुप्ताले लायनवादले विश्वभर पारस्परिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन विमल सर्राफका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। स्वागत तथा सम्मान पछि सहभागीहरूले सामूहिक रूपमा स्वादिष्ट भोजनको समेत आनन्द लिएका थिए। कार्यक्रममा प्राप्त आत्मीय आतिथ्यताप्रति धन्यवाद ज्ञापन गर्दै बुर्लाकोटीले भविष्य मा पुनः भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...