27 June ,2026,Saturday

विपन्नलाई आत्मनिर्भर बनाउन वीरगंज–१५ का युवाद्वारा सहयोग

वीरगंज, १५ फागुन ।  वीरगंज महानगरपालिका–१५ का युवाहरुले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै एक अति विपन्न व्यक्तिलाई जीविकोपार्जनका लागि सहयोग प्रदान गरेका छन्।

स्थानीय समाजसेवी संजोग सिंहको नेतृत्वमा सक्रिय युवाहरुको टोलीले किशमोहन हजार नामक विपन्न व्यक्तिलाई किराना पसल सञ्चालनका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन्। आर्थिक अभावका कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका उनलाई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सहयोग गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै युवा समाजसेवी महेश पासवानले समाजमा रहेका प्रत्येक व्यक्तिको विकासमा सबैको समान दायित्व हुने उल्लेख गर्दै गरिबी न्यूनीकरण र समुन्नत समाज निर्माण नै युवाहरुको प्रमुख लक्ष्य रहेको बताए।

स्थानीय स्तरमै गरिएको यस्तो पहलले विपन्न वर्गको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, यस्ता सामाजिक अभियानले अन्य युवाहरुलाई पनि सकारात्मक कार्यतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...