spot_img

1 April ,2026,Wednesday

सांसद पन्तले प्रधानमन्त्री समक्ष राखे पर्सा क्षेत्र नं. १ का बेथितिहरु

काठमाडौं, १८ चैत । पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा क्षेत्र नं. १ सँग जोडिएका गम्भीर बिषयहरू उठान गरेका छन् ।

मधेस प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाहबीच प्रधानमन्त्रीको कार्यालय सिंह दरवारमा बुधवार भएको  भेटघाटको क्रममा सांसद पन्तले यी गम्भीर बिषयहरू उठान गरेका हुन ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग उनले विशेष गरी सिर्सिया नदी प्रदुषण हटाउन अधिकारसम्पन्न समिति गठन गरी समयसीमा तोकेर  समस्याको समाधान अबको सरकारको काम भएको बताए । सांसद पन्तले  किसानलाइ चाहिएको समयमा चाहिने जति मलखाद कुनै पनि हालतमा  सरकारले उपलब्ध गराउनु पर्ने समेत माग गरे ।

सांसद पन्तले वीरगंजका क्यासिनो हरूको बिषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराउँदै  वीरगंजका प्रायः  क्यासिनोहरूले नेपालीहरूलाई अबैध रूपमा प्रबेश गराएर धेरैजना वीरगंज बासीहरूको बिल्लीबाट बनाउदा समेत प्रहरी र प्रशासन मुकदर्शक भएर बसेको  आरोप समेत लगाए ।

भेटको क्रममा उनले वीरगंज महानगरको प्रसङ्ग झिक्दै महानगरले ठाउँ–ठाउँमा ढाँट राखेर अबैध अशुली गरिरहेको र यो बिषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भन्दा सिडियोले एसपीलाई भन्न र एसपीले सिडियोलाइ भन्न भनेको प्रसङ्ग समेत प्रधानमन्त्री बालेद्र साहलाई सुनाएका थिए ।
 
प्रधानमन्त्री बालेन्द्र शाहले यस बिषयमा अहिले नै प्रहरी महानिरीक्ष्Fक र गृह सचिवलाई निर्देशन दिने बताए । प्रधानमन्त्री बालेद्र शाहले जनप्रतिनिधिले भनेका  जायज कुराहरू जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले नसुन्ने कुरै नहुने समेत बताए ।  भेटको क्रममा श्रममन्त्री  दिपक साह,  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मधेस प्रदेशका सांसदहरूको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल