spot_img

4 April ,2026,Saturday

अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

काठमाडौँ, १९ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
 
निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पर्ने भएको छ ।
 
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।
 
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४७।१२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३३।४५ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६।३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
 
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहने तथा सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिकरुपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको निगमले स्पष्ट पारेको छ । घाटा रकम बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल