26 June ,2026,Friday

दृष्टिसम्बन्धी अपांगताहरूको लागि क्रिकेट प्रशिक्षण कार्यक्रम

वीरगंज, २० चैत ।   मधेश प्रदेश नेत्रहीन क्रिकेट संघ र राउन्ड टेबल–बिएफआरटी ८ नेपालको संयुक्त आयोजनामा दृष्टि सम्बन्धी अपांगताहरूको लागि क्रिकेट प्रशिक्षण प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ ।

 
वीरगंज–५ मुनलाइट माविको प्रांगणमा हुने ५ दिने प्रशिक्षण कार्यक्रममा पर्वत, तनहु, चितवन, गोरखा, पर्सा लगायत मधेस प्रदेशका ८ गरी देशका १२ जिल्लाका दृष्टि सम्बन्धी अपांगता भएका २० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
आइज नेपाल  पर्साका कोषाध्यक्ष रूपशिला जैसवालको अध्यक्षता एवं राउन्ड टेबल नेपालका अध्यक्ष दिपक कुमार अग्रवालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कंचनजंघा स्कुलका डाइरेक्टर मार्टिन मोक्तान, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफ, राउन्ड टेबलका मोहित राजपाल लगायतले मन्तव्य राखेका थिए ।
 
कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथीहरूलाइ खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साह, सहजीकरण मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष एवं आइज नेपाल अध्यक्ष महेश साहले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...