spot_img

6 April ,2026,Monday

अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, २२ चैतः जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको उल्लेख गर्दै म्याद थप गर्न अनुमति दिएको हो ।

आदेशमा भनिएको छ, “थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्नेसमेतका अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेको देखिँदा उल्लेखित अनुसन्धानको प्रयोजनका लागि प्रतिवादीलाई हिरासतमा राख्न मनासिव देखिँदा निज प्रतिवादी प्रतिवादी पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हिरासतमा राखी उपर्युक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागू हुने गरी ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिएको छ ।”

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले यही चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिन म्याद थपको अनुमति दिएको हो । यसअघि, अदालतले सुरूमा पाँच दिन र पछि दुई दिन म्याद थप गरेको थियोे ।

सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो । जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री  र कांग्रेस नेता लेखक गृहमन्त्री हुनुहुन्थ्यो । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर यही चैत १४ गते शनिबार दुवै जनालाई पक्राउ गरिएको थियो । 

रासस

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल