26 June ,2026,Friday

नारायणी अस्पतालमा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन

वीरगंज, २३ चैत्र । नारायणी अस्पतालले सेवा प्रवाह लाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन गुनासो सुनुवाइ सम्बन्धी सूचना सार्वजनिक गरेको छ। अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, प्रक्रिया तथा नतिजासँग सम्बन्धित गुनासोहरू सहज रूपमा दर्ता, सुनुवाइ तथा समाधान गर्न गुनासो व्यवस्थापन केन्द्र स्थापना गरिएको जनाएको छ।

अस्पतालका अनुसार सेवा लिने क्रममा देखिएका समस्या, सुझाव तथा असन्तुष्टि अब औपचारिक रूपमा संकलन गरिनेछ। गुनासो व्यवस्थापन केन्द्रमार्फत प्राप्त गुनासोहरूको वर्गीकरण गरी सम्बन्धित पदाधिकारीबाट शीघ्र समाधान गर्ने व्यवस्था मिलाइएको छ।

गुनासो व्यवस्थापनको कार्य मेडिकल अधिकृतको नेतृत्वमा अन्य कर्मचारीहरूको समन्वयमा सञ्चालन हुने जनाइएको छ। सेवाग्राहीले प्रत्यक्ष सम्पर्क, फोन वा क्यूआर कोडमार्फत आफ्नो गुनासो दर्ता गर्न सक्नेछन्।

अस्पतालले सेवाग्राहीका प्रतिक्रिया र सुझावलाई उच्च प्राथमिकताका साथ लिएर सेवा सुधारमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...