27 October ,2025,Monday

विश्व मधुमेह दिवसको अवसरमा ५ महिला सहित ५७ जनाले गरे रक्तदान

वीरगंज, २९ कार्तिक । विश्व मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेज परिसर मै भएको कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेको कलेजका ब्लड बैंकले जनाएको छ ।

कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चौधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद देव, महमद जुनैद, प्रदिप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चौधरी, डा. गुरु प्रसाद मैनाली, नवल किशोर यादवले रक्तदान गरेका हुन् । 

नियमित रक्तदान, स्वास्थ्य हुनुको पहिचान नारा सहित भएको रक्तदान कार्यक्रमको उद्घाटन कलेजका प्रबन्ध निर्देशक अन्सारीले गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक अन्सारीले रक्तदान गर्नु राम्रो कुरा भएको वताए । उनले रक्तदान जिवन दान भएको वताउँदै १८ बर्ष उमेर पुगेहरु प्रत्येक ३/३ महिनामा गर्न सक्ने वताए ।

रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पतालका निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सपल डा. के.एन. सिंह, कलेजका एडमिसन एण्ड मार्केटिङ निर्देशक आविद हुसेन अन्सारी, कलेजका भाइस प्रिन्सपल प्रोफेसर डा. रविशंकर गुप्ता नर्सिङ्ग क्याम्पसकी भाइस प्रिन्सपल बबिता सिंह लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम स्थल मै कलेजले निशुल्क मधुमेह रोग शिविर समेत संचालन गरेको थियो भने रगत लगायको परिक्षणमा १५ प्रतिशत छुट समेत प्रदान गरिएको कलेजले जनाएको छ । यसैगरी विश्व मधुमेह दिवसको अवसरमा बिहिबार अस्पतालका सम्पूर्ण ओविडी टिकेट समेत निशुल्क गरिएको अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...