शैलेश गुप्ता
वीरगंज, फागुन २८ । कुर्मी सश्क्तीकरण मंच नगर कार्य समिती पोखरियाको होली मिलम कार्यक्रम सम्पन्न भएको छ । नगर कमीटी अध्यक्ष प्रमान्नद कुर्मीको अध्यक्ष्तामा भएको होली मिलन कार्यक्रममा पोखरिया नगरपालीका वडा नम्बर १ देखी १० सम्म रहेको कुर्मी स्वजातिय समाजको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमा बोल्दै वक्ताहरुले मनमा भएको रिस रागको अन्तयगरी एक आपसमा भाई चारालाई अटुट नहुने गरी कायम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमा सचिव पन्नालाल पटेल, सदान्नद प्रसाद कुर्मी, मनोज प्रसाद कुर्मी, ईन्द्रदेव प्रसाद कुर्मी, भगवान प्रसाद कुर्मी, राजकिसोर प्रसाद कुर्मी, योगेन्द्र प्रसाद कुर्मी, कबिराज प्रसाद कुर्मी, नरेन्द्र प्रसाद कुर्मी, लालदेव प्रसाद कुर्मी, हरेन्द्र प्रसाद कुर्मी, लगायतकाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डायरी र कलम हस्तान्तरण गरी कार्यक्रमको शुभआरम्भ भएको थियो ।