28 June ,2026,Sunday

रेडियो पोखरिया द्धारा होली मिलन तथा मटका फोर कार्यक्रम विहिवार पोखरियमा सम्पन्न

शैलेश गुप्ता

वीरगंज, चैत ०१ ।  रेडियो पोखरियाले आयोजना गरेको होली मिलन तथा मटका फोर कार्यक्रम विहिवार पोखरिया नगरपालीका वडा नम्बर ४ को पोखरिया बजार स्थित रहेको बस स्टैण्ड चौकमा समपन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी रहेका पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले मटका फोरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

मटका फोर कार्यक्रममा खेलप्रती आग्रसीव रहेका ५१ जनाले भाग लिएका थिए । भाग लिएका मध्ये २२ जनाले मटका फोरेका थिए । मटका फोरी विजयी भएका सहभागीहरुलाई स्प्राईट, कोकाकोला, फेन्टा, अविर, गडी, छोहारा, बदामले अतिथीहरुको द्धारा पुरस्कृत गरिएको रेडियो पोखरियाको कार्यकारी अध्यक्ष छठु साहले जानकारी दिएका हुन ।

रेडियो पोखरियाको कार्यकारी अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान रहेको उक्त कार्यक्रममा विशिष्ठ अतिथी पर्सा क्षेत्र नम्बर ३ का माननीय सान्सद पदको उमेदवार प्रत्यासी रुपेश पाण्डेय, वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानु, पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार, पुर्व उप मेयर सलमा खातुन, माओबादी केन्द्र पोखरिया नगर कमिटी अध्यक्ष पन्नालाल पटेल, वकिल तथा महिला नेत्री आसा देवी चौहान, समाज सेवी गोबर्धन यादव, नेकपा एमाले पोखरिया नगर कमीटी कचिव सन्तोष गिरी, युवा सँघको केन्द्रिय सदस्य कौशल साह गोढ, पत्रकार धरमेन्द्र प्रसाद यादव, मुस्तुफा आलम, समाज सेवी कृष्णा साह तेली, प्रधानाध्यापक रामबाबु प्रसाद चौहान, सँकर प्रसाद रौनियार, शिवजी पटेल, गायक सुदिप चौरसिया लगायत रेडियो पोखरियामा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रको सहजीकरण धरमेन्द्र चौरसियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...