29 June ,2025,Sunday

ईदको अवसरमा नेशनल मेडिकल कलेजद्वारा गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण

वीरगंज, १३ चैत । हरेक वर्षझैं यस वर्ष पनि वीरगंज स्थित नेशनल मेडिकल कलेजले ईदको अवसरमा पर्सा र बाराका विभिन्न अतिमखाना (अनाथालय) र मदरसामा अध्ययनरत गरिब तथा अनाथ छात्रछात्रालाई नयाँ कपडा वितरण गरेको छ।

रमजान महिनाको अन्त्यमा मनाइने ईद उल(फित्र पर्वमा नयाँ कपडा लगाउने चलन रहेकाले आर्थिक रूपमा कमजोर बालबालिकाले पनि यो पर्व हर्षोल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले कलेजले यस्तो सामाजिक पहल गर्दै आएको छ।

कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीका अनुसार, “ईदको दिन कोही पनि दुःखी नहोस् भन्ने सोचका साथ हामीले गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण गर्दै आएका छौं। यसले उनीहरूको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास हो।”

यस पटक पर्सा र बाराका ९ वटा अतिमखाना तथा मदरसाका करिब ५ सय जना छात्रछात्रा लाई पुग्ने गरी कुर्ता–पाइजामा को कपडा वितरण गरिएको कलेजका एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अंसारीले जानकारी दिए।

यस सामाजिक कार्यले आर्थिक रूपमा विपन्न बालबालिकालाई पनि पर्वको उमंग महसुस गराउने मात्र नभई, समुदायमा सहयोग र सद्भावको भावना बढाउन महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...