22 August ,2025,Friday

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का

संखुवासभा, ६ भाद्र । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाललाई दिगो समृद्धिको मार्गमा अघि बढाउन प्राविधिक शिक्षा र सीपमूलक तालिम अपरिहार्य रहेको बताएका छन् । उनले भने, “दक्ष जनशक्ति बिना कुनै पनि मुलुकको समृद्धि सम्भव छैन।”
प्राविधिक शिक्षा र सीपमूलक तालिमको महत्त्वलाई देखाउँदै मन्त्री खड्काले “दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना (Enssure)” को आर्थिक सहयोगमा बालाजु स्कूल अफ इंजिनियरिङ्ग एण्ड टेक्नोलॉजीद्वारा संचालित २० दिने “पावर हाउस अपरेसन एण्ड मेन्टेनेन्स तालिम”को समापन समारोहमा प्रमुख अतिथिको आसनबाट आफ्नो धारणा व्यक्त गर्दै सो कुरा बताउनु भएको हो।
संखुवासभाको तुम्लिङटारस्थित श्री मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा सीपमूलक तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री खड्काले थपे, “देशलाई कर्मठ र दक्ष जनशक्तिको आवश्यकता छ। परम्परागत शिक्षा मात्र पर्याप्त हुँदैन। त्यससँगै आधुनिक सीप, प्राविधिक दक्षता र व्यावहारिक ज्ञान हासिल नगरी श्रम बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन।”
उनले मन्त्रालयले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै स्थानीय तहसँग सहकार्यमा तालिम र रोजगारीका अवसर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। “विद्यार्थीहरूले प्राप्त गरेको सीपले आत्मनिर्भर बन्ने मात्र होइन, परिवार, समाज र सिंगो राष्ट्रलाई समेत योगदान पुर्‍याउनेछ,” मन्त्री खड्काले जोड दिए।
मन्त्री खड्काले भने, “संखुवासभा ५ हजार मेगावाट उत्पादन क्षमता भएको हाइड्रो पावर केन्द्रका रूपमा महत्त्वपूर्ण क्षेत्र हो। यस जिल्लामा तालिम प्राप्त सबैलाई इंटर्नशिपको व्यवस्था गरिने छ, जसका लागि हामी विभिन्न हाइड्रो कम्पनीहरूसँग समन्वय गरिरहेका छौं।” उनले थपे, ” १४ सय विद्यार्थी रहेको श्री मनकामना विद्यालय संखुवासभाको गौरवको कुरा हो। यहाँ रहेको स्रोतको सही परिचालनले जिल्लालाई अन्य मुलुक र प्रदेशका लागि एक महत्त्वपूर्ण केन्द्र बनाउने क्षमता राख्दछ।”
मन्त्री खड्काले संखुवासभाको भौगोलिक र पर्यटनका दृष्टिकोणलाई पनि जोड दिएका छन्। उनले भने, “संखुवासभा त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्ला हो। यस क्षेत्रको पर्यटन क्षेत्रले अरबौँको राजस्व ल्याउने क्षमता राख्दछ।”
मन्त्री खड्काले भने, “संखुवासभामै CTEVTको कार्यालय स्थापना हुँदा यस क्षेत्रका विभिन्न जिल्लाका नागरिकहरूले रोजगारमूलक तालिम लिन पाउनेछन्। यसका साथै, आयुर्वेद अस्पतालको स्थापना तयारी समेत भइरहेको छ।”
कार्यक्रममा सिटीइभिटीका सदस्य सचिव महेश भट्टराईले ऊर्जा मन्त्री खड्काको पहलमा तालिम संचालन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै प्राविधिक शिक्षाको महत्वबारे प्रकाश पार्नु भयो। उनले शिक्षा मन्त्रालय र ऊर्जा मंत्रालय बीच भएको सम्झौताका बारेमा समेत जानकारी दिँदै, “ऊर्जा मन्त्रालय अन्तर्गतका हाइड्रो आयोजनामा सिटीइभिटीबाट तालिम लिएकाहरूलाई इन्टर्नशिपको व्यवस्था गरिने” कुरामा पनि पहल गरिदिन अनुरोध गरे।
कार्यक्रममा खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले ऊर्जा मन्त्री खड्काले जिल्लालाई विकासको मार्गमा पुऱ्याउनु भएको योगदानको प्रशंसा गर्दै, “आत्मनिर्भर जिल्ला बनाउने अभियानका लागि यस्ता तालिमलाई नियमित रूपले संचालन गर्नु पर्ने आवश्यकता छ,” भने। कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमपछि प्राप्त अनुभव बाँड्दै आफूहरूलाई रोजगार र उद्यमशीलतामा अघि बढ्न मार्गदर्शन मिलेको बताए।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...