31 October ,2025,Friday

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा नयाँ सरकार गठनका लागि तीन दलले आज संयुक्त रूपमा दाबी पेस गरेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरेका हुन् ।
आज अपराह्न तीनै दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि औपचारिक दाबी पत्र बुझाएको हो ।
दाबी पत्रअनुसार मुख्यमन्त्रीमा प्रस्तावित यादवलाई एमालेका २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ । गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी पत्रमा उल्लेख छ ।
प्रदेश प्रमुख कार्यालयमा बुझाइएको पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, कांग्रेस संसदीय दलका नेता यादव र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...