4 November ,2025,Tuesday

वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा वीरगंज महानगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

अभिलाष गुप्ता

वीरगंज, १७ कार्तिक । वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि टेबल र कुर्सी हस्तान्तरण गरेको छ। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा गएको पदाधिकारी टोलीले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई औपचारिक रूपमा उक्त सामग्री हस्तान्तरण गरेको हो।

सङ्घले १५ वटा टेबल र १५ वटा कुर्सी वीरगंज महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख सिंह र प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको विशेष उपस्थिति रहेको थियो।

त्यस्तै, वीरगंज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष गौतमसहित उपाध्यक्ष आशिष कुमार लाठ, महासचिव शिवजी प्रसाद कलवार, सह–सचिव अनुप अग्रवाल तथा प्रशासकीय अधिकृत मनोज उपाध्यायको उपस्थिति रहेको थियो।

सङ्घले वीरगंज महानगरपालिकाको कार्यसम्पादनमा सहयोग पुयाउने उद्देश्यका साथ यो कार्यालय सामग्री हस्तान्तरण गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...