spot_img

20 February ,2026,Friday

स्वयंभित्र स्वयंको खोज नै वास्तविक आनन्द हो : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण २० कार्तिक । “कोही भन्छन् ईश्वर देखिँदैनन् ? तर वास्तवमा उहाँ त्यही बेला देखिनुहुन्छ, जब अरू कोही नजर पर्दैन।” — यस्तो विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा सञ्चार प्रभारी सह सामाजिक अभियन्ता लायन बिमल सर्राफले व्यक्त गरेका छन्।

सर्राफका अनुसार, जीवन जतिसुकै कठिन किन नहोस्, सधैं केही न केही सम्भावना हुन्छ, जसमा मानिसले प्रयास गरेर सफल हुन सक्छ। उनले भने, “कसैको राम्रो गर्नको लागि त्यति धेरै कसैको जीवनमा नपसौं कि आफ्नै राम्रोपन नै हाम्रो कमजोरी बनोस्।”

प्रत्येक व्यक्ति आफ्नो परिस्थिति अनुसार आफ्नो ढङ्गले जीवनमा व्यस्त हुन्छ, त्यसैले अत्यधिक भावनात्मक भएर सम्बन्धमा बाँधिनु दुःखदायी हुन सक्छ। “समय, स्वास्थ्य र सम्बन्ध यी नै सबैभन्दा मूल्यवान् सम्पत्ति हुन्, यीलाई जोगाएर राख्नुपर्छ,” सर्राफले भने।

उनी भन्छन् — “श्रीकृष्णले भनेका छन्, गुण मिले गुरु बनाऊ, चित्त मिले चेला, मन मिले मित्र बनाऊ, नत्र एक्लै बस।” सम्बन्ध टुटेनन्, यही नै धेरै कुरा हो। सबै हाँसून्, खुसी रहून्, यही जीवनको सुन्दरता हो।

जीवन जिउने धेरै तरिका छन्, तर सबैभन्दा उत्तम तरिका त्यही हो जसले आफैंलाई सन्तुष्टि देओस् र अरूलाई दुःख नदेओस्। “क्षमा गल्तीको मलहम हो, तर विश्वास तोड्ने औषधि होइन,” भन्दै उनले चेतावनी दिए — “माफ गर्न सजिलो हुन्छ, तर बिर्सन र पुनः विश्वास गर्न कठिन हुन्छ।”

अन्त्यमा सर्राफले सन्देश दिएका छन् —
“खुसी रहनुहोस्, प्रसन्न रहनुहोस्, स्वस्थ रहनुहोस् र मस्त रहनुहोस्। आफ्नै आनन्दमा रमाउनुहोस्, किनकि आफूभित्रको खोज नै आत्म–आनन्दको रहस्य हो। जसले आफूभित्र आफूलाई खोज्दैन, ऊ आफ्नो बोझ बोकिरहेको हुन्छ। प्रेम बुझ्न हृदय चाहिन्छ, निभाउन धैर्य र पाउन सौभाग्य। त्यसैले जीवनका हरेक क्षणलाई रमाइलो र अर्थपूर्ण बनाऔं।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल